सचिवहरूको सरुवा: संस्कृति, पर्यटन र सार्वजनिक खरिद कार्यालयमा फेरबदल
वि.सं.२०८२ मंसिर १५ सोमवार
shares
काठमाडौँ ।सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सचिवको सरुवा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवहरूबीच फेरबदल गरिएको हो।
बैठकको निर्णयअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ। त्यसैगरी, त्यहाँका सचिव हरिप्रसाद मैनालीलाई निरौलाको सट्टामा सार्वजनिक खरिद अनुगमन कार्यालयमा जिम्मेवारी दिइएको छ।
सूचना अनुसार, निरौलाले साढे पाँच महिना मात्र श्रम मन्त्रालयमा बसेर माघ ४ गते सार्वजनिक खरिद अनुगमन कार्यालय गएका थिए र १० महिना ११ दिनमै पुनः सिंहदरबार फर्किएका छन्। त्यस्तै, मैनाली गत जेठ १२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (प्रशासनतर्फ) बाट पर्यटन मन्त्रालयमा सरुवा भएर आएका थिए।



























