१ सय ९० अधिकृत सामान्य प्रशासन मन्त्रालयद्वारा पदस्थापन प्रक्रियामा
वि.सं.२०८२ मंसिर २४ बुधवार
shares
काठमाडौं। सामान्य प्रशासन मन्त्रालयले आजबाट १९० जना शाखा अधिकृतलाई नियुक्ति गरेको छ। विभिन्न सेवा समूहमा खुलेका दरबन्दी अनुसार प्रशासन, राजस्व र लेखा सेवाका अधिकृतहरूले औपचारिक रूपमा जिम्मेवारी पाएका छन्।
मन्त्रीस्तरीय निर्णयअनुसार प्रशासन सेवामा ७७ जना, राजस्व सेवामा ४० जना र लेखा सेवामा ७३ जना गरी कुल १९० जनालाई मन्त्रालयले स्वागतसहित नियुक्ति पत्र वितरण गरेको हो। नियुक्त अधिकृतहरूलाई आवश्यक प्रारम्भिक तालिमका लागि स्टाफ कलेज पठाइएको छ।
नियुक्त अधिकृतहरूको उमेर संरचना जेनरेसन–जेड केन्द्रित रहेको छ । ७० प्रतिशत जेनजी पुस्ताका अधिकृतहरू प्रशासनमा प्रवेश गरेको तथ्यांकले देखाएको छ। नयाँ पुस्ताको प्रवेशले संघीय प्रशासनमा ऊर्जा, नवप्रवर्तन र सेवा प्रवाहमा गतिशीलता आउने अपेक्षा गरिएको छ।
प्रशासन शाखाकी प्रमुख पार्वती शर्माले भूगोल, स्थायी ठेगाना, पृष्ठभूमि तथा व्यवस्थापन आवश्यकताका आधारमा सबै अधिकृतहरूको पदस्थापन प्रक्रिया प्रारम्भ भएको जानकारी दिइन। उनीहरूको सेवा, स्थानिय आवश्यकतासँग मेल खानेगरी चाँडै कार्यालय तोक्ने बताइएको छ ।
मन्त्रालयले नयाँ पुस्ताको आगमनलाई स्वागत गर्दै उत्तम प्रशासनिक सेवा प्रवाहका लागि यहि समूहबाट महत्वपूर्ण परिवर्तन आउने विश्वास व्यक्त गरेको छ।





























