कुलमानले पदको बार्गेनिङले एकता जोगिएन : रवि लामिछाने

1.3K
shares
Nabil bank

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग अन्तिमसम्म प्रयास गर्दा पनि एकता जोगाउन नसकेको ब्रिफिङ गरेका छन्।

सचिवालयको बैठकमा नयाँ नयाँ सर्तहरू आइरहेकाले एकता प्रक्रियामा जान असहमत भएको बताए।

रविको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘नयाँ नयाँ मागहरू सधैँ आइरह्यो। पदको बार्गेनिङ चलेको चल्यै भयो। निर्वाचन क्षेत्रसम्म छुट्टाएर जानुपर्ने भन्ने सर्त आएपछि सहकार्य अघि जाँदैन भन्ने निष्कर्षमा पुगेका हौँ।’

विगतमा भएको सहमतिभन्दा महामन्त्रीसहित धेरै पदहरू माग गरेको बैठकलाई सभापति लामिछानेले जानकारी गराए।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited