नेपाल बैंकका सेवाग्राहीलाई एभरेष्ट हस्पिटलमा विशेष छुट

645
shares

काठमाडौं नेपाल बैंक लिमिटेडएभरेष्ट हस्पिटल प्रा.लि. बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

मिति २०८२ साल माघ २९ गते सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारी तथा उनका परिवारले काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपचार गराउँदा बिल रकममा ५ देखि २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले तथा अस्पतालको तर्फबाट सञ्चालक समितिका सदस्य सैलेन्द्र महासेठले हस्ताक्षर गरेका छन्।

यस सम्झौताबाट नेपाल बैंकका कर्मचारी, उनका परिवार तथा बैंकका ग्राहकहरू सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ।

civil hospital
Hams Hospitals