अख्तियारद्वारा भ्रष्टाचार सम्बन्धी दुई मुद्दामाथि सर्वोच्चमा पुनरावेदनलाइ

1.5K
shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको छ ।

 

विभिन्न मितिमा फैसला भएका मध्ये सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी दुई मुद्दामाथि पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

 

 

 

सार्वजनिक सम्पत्ति हानिनोक्सानी सम्बन्धी मुद्दामा सुनरपति कुमारी यादव प्रतिवादी छन् भने गलत लिखतसमेत तयार गरी भ्रष्टाचार गरेको मुद्दामा रामप्रसाद न्यौपाने, रेनुका चम्लागाई, मोहनप्रसाद ओली, दलबहादुर खत्री, महानन्द सापकोटा, राजेन्द्र भनिने गिरिराज श्रेष्ठ, चिन्तामणि बुढाथोकी, रमेश भन्ने रोमनाथ दाहाल, लक्ष्मी प्रसाद बस्ताकोटी, टङ्क प्रसाद जगाई र बालकृष्ण न्यौपाने प्रतिवादीहरू रहेका छन् ।

civil hospital
Hams Hospitals