युवालाई परिवर्तनका संवाहक र दिगो विकासका उत्प्रेरक शक्तिका रूपमा विकास गर्नु पर्छ

2.1K
shares

 

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक शक्ति हुन् । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ। युवालाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मानिन्छ । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या कुल जनसङ्ख्याको ४०.३ प्रतिशत रहेको छ । गुणात्मक र सङ्ख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरूदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरूरी छ ।

युवा शक्ति कुनै पनि देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । युवा जनशक्तिको सङ्ख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ । हरेक देशको विकास र प्रगतिमा युवाको योगदान नै प्रमुख हुने गरेको छ । यसबाट नेपाल युवा जनसाङ्ख्यिक लाभांशबाट फाइदा लिई समृद्धि र विकासको सुनौलो युगमा प्रवेश गर्नसक्ने अवसरको अवस्थामा रहे पनि राजनीतिक सङ्क्रमणका कारण देशको आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तन हुन सकेको छैन । युवा अवस्थालाई विभिन्न मुलुकले फरक फरक तरिकाले परिभाषित गरेको पाइन्छ । शारीरिक र मानसिक विकासका दृष्टिले युवा भन्नाले किशोर अवस्था र वयस्क अवस्थाबीचको उमेर समूहलाई जनाउँछ । यो जनसङ्ख्याको सर्वाधिक सक्रिय, उर्जावान्र गतिशील समूह हो ।

शारीरिक तथा मानसिक वृद्धि तथा विकासका दृष्टिले युवा उमेरलाई अत्यन्तै महŒवपूर्ण रूपमा लिईन्छ । राष्ट्रिय युवा नीति, २०७२ का अनुसार १६ देखि ४० वर्ष उमेर समूहका व्यक्ति युवा हुन् । सिकाई तथा अनुभव प्राप्तिको दृष्टिकोणले १० देखि १९ वर्ष उमेर समूह विशिष्ट अवस्था हो । उक्त उमेरमा सिकेको कुरालाई कार्यान्वयन गर्ने तथा देशको विकास तथा रूपान्तरणमा योगदान गर्ने दृष्टिकोणले ४० वर्षसम्मको युवा उमेर उत्तिकै महŒवपूर्ण हुन्छ । १६ देखि १९ वर्षबीचका उमेर समूहका नागरिक बालबालिका, किशोरकिशोरी र युवा तिनवटै परिभाषा अन्तरगत पर्दछन् । जस्तै १८ वर्षसम्मका उमेर समूहका बालबालिकामा पर्दछन् । १० देखि १९ वर्षसम्म किशोरकिशोरी समूहमा पर्दछन् । १६ देखि ४० वर्ष उमेर समूहका युवामा पर्दछन् । त्यसैले युवा उमेर समूहको कुरा गर्दै गर्दा परिभाषामा रहेको अन्तरसम्बन्ध पनि थाहा पाउनु आवश्यक छ र नीति, योजना र कार्यक्रम बनाउँदा अन्तरसम्बन्धित गरेर बनाउनु पर्दछ ।

संसारका विभिन्न देशहरूको अनुभव हेर्दा पनि युवाको उमेर समूह फरक फरक पाइन्छ । अधिकांश देशमा युवाको उमेर १५–३५ वर्षका बिचमा कायम गरिएको पाइन्छ भने संयुक्त राष्ट्रसंघ र विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको पाइन्छ । नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद्ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । नेपाल सरकारका विभिन्न निकायमा युवा उमेर समूहबारे अझै एकरूपता कायम हुन नसकिरहेको सन्र्दभमाघ ‘युथ भिजन – २०२५ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ ।

नेपालको संविधान, सोर्हौ पञ्चवर्षीय योजना, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, राष्ट्रिय युवा नीति, २०७२, राष्ट्रिय युवा परिषद् ऐन, २०७२, युथ भिजन २०२५, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५, बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२, विद्यालय नर्स कार्यविधि २०७७, विद्यालय स्वास्थ्य तथा नर्सिंङ सेवा निर्देशिका राष्ट्रिय लैङ्गिक समानता नीति, २०७७, लगायतका युवासँग सम्बन्धित कानून, ऐन, नीति नियम तथा रणनीति निर्माण भई कार्यान्वयनमा रहेका छन् । यसले युवाको समग्र पक्षलाई सम्बोधन गर्दै शासकीय प्रक्रिया तथा प्रणालीमा उनीहरूको संलग्नताका सम्बन्धमा विभिन्न व्यवस्था गरेका छन् ।

युवाका क्षेत्रमा विभिन्न प्रयासहरू भएका छन् । युवा विकासको फोकल मन्त्रालयका रूपमा वि.स. २०६५ मा युवा तथा खेलकुद मन्त्रालयको स्थापना भएको थियो । वि.स. २०६६ मा राष्ट्रिय युवा नीति, २०६६ जारी गरियो । परिमार्जित राष्ट्रिय युवा नीति, २०७२ जारी भयो । त्यसैगरी राष्ट्रिय युवा परिषद् ऐन, २०७२, राष्ट्रिय युवा परिषद् नियमावली, २०७३, युवा तथा खेलुकद मन्त्रालयको पहलमा नेपाली युवाको विकासका लागि युथ भिजन–२०२५ सहितको दश वर्षीय रणनीतिक योजना नेपाल सरकारबाट स्वीकृत भई कार्यन्यवनमा रहेका छन् । वि.स. २००९ मा नेपाल स्काउट स्थापना (५७ हजार सदस्य), वि.स. २०२१ मा राष्ट्रिय खेलकुद परिषद्को स्थापना, वि.स. २०७२ मा राष्ट्रिय युवानिती जारी संँगै राष्ट्रिय युवा परिषद गठन र क्रमिक रुपमा वि.स. २०७३ मा जिल्ला युवा समितिको कार्यालयहरू स्थापना भयो भने नयाँ संरचनासँंगै प्रदेश स्तरमा पनि प्रदेश युवा समिति बनाई युवासँग सम्बन्धित कार्यहरू हुन थालेको छ । युवा सहभागिता युवा सहभागिता सधैभरी प्रभावकारी नहुन पनि सक्दछ । सहभागिता हुँदैमा निर्णय शक्ति नहुन सक्दछ । त्यसको प्रभावकारिताका लागि त्यो सहभागिता कुन तहको छ भन्ने थाहा पाउनु पर्दछ । यदि कुनै पनि सहभागिता अरु कसैले आफ्नो फाइदाका लागि वा संख्या पु¥याउन वा देखाउनका लागि मात्र गरेको छ भने त्यस्तो सहभागिता नाम मात्रको हुन्छ । युवा सहभागिताको भ¥याङ्गमा देखाएजस्तै युवासँगको परामर्श तथा युवा र अग्रज समन्वय र साझेदारीमा गरिएको निर्णयले नै समाजमा दिगो नतिजा दिन सक्दछ ।

 

वास्तवमा, युवाहरू नै राष्ट्रको परिवर्तनगामी शक्ति हुन्। त्याग, निष्ठा, बलिदान र नव–निर्माणको सुन्दर भावनाद्वारा प्रतिबद्ध युवाहरू राष्ट्रको अमुल्य निधि एवम् उदयीमान् शक्ति मानिन्छ। युवाहरू स्वभावैले विद्रोही हुन्छन्। उनीहरुको नशा–नशामा क्रान्तिकारी परिवर्तनको नविन उर्जाहरु सल्बलाईरहेको हुन्छ।यथास्थितिबाट आफू र आफ्नो समाजमा मुक्ति दिँदै सामाजिक रुपान्तरणको महाअभियानमा समेत युवा वर्गले अग्रिम भूमिका निर्वाह गरिरहेका हुन्छन्। वैदेशिक रोजगारमा गएका युवा–युवतीहरुको रगत र पसिनाबाट प्राप्त हुने सिमित आर्थिक लाभांशको आधारमा समग्र मुलुकको विकास गर्न सकिन्छ भन्ने आत्मारती अनि गलत मनोविज्ञानबाट अब छिट्टै ब्युँझनु पर्छ। नत्र इतिहासमा गम्भीर दुर्घटना हुन्छ। त्यसैले यसमा राज्यपक्ष बेखबर र निरीह नबनोस्।

विश्व इतिहासलाई अवलोकन गर्दै नेपालको गौरवमय इतिहासको पाना पल्टायौं भनेपनि विसं. १९९६ को राणाविरोधी आन्दोलनमा गंगालालहरुको भूमिकादेखि यता विसं. २००६, विसं. २०१५, विसं. २०३६, विसं. २०४६ को जनआन्दोलन, विसं. २०५२ देखि संचालित सशस्त्र जनयुद्ध र मुख्यतः विसं. २०६२÷६३ को जनआन्दोलनमा युवाहरुको योगदान अतुलनीय थियो।

मूलतः विगतदेखि वर्तमानसम्म आइपुग्दा जनजीविका अनि राज्य स्वाधीनताका लागि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको विशाल राजमार्ग निर्माण गर्ने कार्यमा नेपाली युवाहरूले प्रदर्शन गरेको वीरता विश्वकै लागि अनुपम एवम् ऐतिहासिक सन्देश बन्न पुगेको थियो।यस्ता इतिहासका कठिन मोडमा समेत विचलित नभईकन रास्ट्र निर्माणको महा–अभियानमा समर्पित बन्न चाहने अपरिमित शक्ति र सामार्थ्यका धनी नेपाली युवाहरूले आज बेरोजगारीको पीडासँगै स्वदेशको माटोमा भन्दा विदेश यात्राको लामो बाटो तताउन विवश बनेका छन्।

तसर्थ अब युवा शक्तिलाई निराशामा होइन, आशामा बदल्नुपर्छ। जे–जे भयो, भयो। अब विगतको चिन्ता होइन, भविष्यको चिन्तन गर्नुपर्छ। जय–जयकार होइन, स्वविवेक प्रयोग गर्नुपर्दछ।युवामा राष्ट्र, राष्ट्रियता र जनताप्रतिको बफादारी; युवाका आधारभूत आवश्यकताहरूको परिपूर्ति; समानता एवं समतामूलक वितरणको सिद्धान्त; संवैधानिक सर्वाेच्चता; वैयक्तिक स्वतन्त्रता; विश्वव्यापी मानवाधिकारको सिद्धान्त; लोकतान्त्रिक मूल्य मान्यता; विश्वशान्ति; सह–अस्तित्व; जाति, भाषा, संस्कृति र वातावरणीय सम्पदाको संरक्षण र संवद्र्धन जस्ता आधारभूत मूल्य मान्यताहरूको प्रवद्र्धन हेतु राष्ट्रिय युवा नीति, २०६६ जारी गरिएको थियो । सोही नीतिले निर्देश गरेबमोजिम पाँच वर्षपछि पुनरावलोकन गरी राष्ट्रिय युवा नीति, २०७२ तर्जुमा गरिएको छ ।

युवा सरोकारका विषयलाई व्यवस्थित रुपमा सम्बोधन गरी द्वन्द्वोत्तर शान्ति तथा आर्थिक, सामाजिक रुपान्तरण हासिल गर्न छुट्टै संयन्त्रको आवश्यकता महसुस गरी २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालयको स्थापना भएको हो । यस मन्त्रालयमार्फत राष्ट्रिय युवा नीति, २०६६ ले परिलक्षित गरेका लक्ष्य तथा उद्देश्य हासिल गर्न विविध कार्यक्रम सञ्चालन गरिंदै आएको छ । साथै युवासम्बद्ध धेरै मन्त्रालय तथा निकायसँग अन्तरसम्बन्धित भएकाले युवा तथा द्द खेलकुद मन्त्रालयले अन्तर मन्त्रालय समन्वयका कार्य पनि अगाडि बढाएको छ ।

राष्ट्रिय युवा नीति, २०६६ ले मार्गदर्शन गरेबमोजिमका कार्यक्रमहरु सञ्चालन गर्ने सन्दर्भमा युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, नेपाल स्काउट, राजनीतिक दलका युवासम्बद्ध संघ संगठन एवं दातृ निकायसँग समन्वय गर्दै आएको छ । युवा विकासका लागि नीतिगत पहल गर्न तथा कार्यक्रम कार्यान्वयनको मुख्य जिम्मेवार निकायका रुपमा स्वायत्त संस्थाका रुपमा राष्ट्रिय युवा परिषद्गठनका लागि युवा तथा खेलकुद मन्त्रालयको पहलमा राष्ट्रिय युवा परिषद्ऐन, २०७२ पारित भई राष्ट्रिय युवा परिषद्गठनको प्रक्रिया अगाडि बढेको छ ।

नेपालले जनसांख्यिक लाभांस लिने सन्दर्भमा युवासम्बद्ध समस्या तथा चुनौतीहरुलाई चिर्न आवश्यक छ । गुणस्तरीय, समयसापेक्ष, रोजगारमूलक शिक्षाको अभाव; व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच; बेरोजगारी र अर्धबेरोजगारी; युवा पलायन; कमजोर स्वास्थ्य, पोषण र मनोबल; युवामैत्री लगानी र उद्यमशील वातावरणको अभाव; लैंगिक, क्षेत्रीय, जातीय असमानता; तथा विश्वव्यापीकरण र उदारीकरणले ल्याएका नकारात्मक प्रभाव नेपाली युवाका समस्या एवं चुनौतीका रुपमा रहेका छन्। त्यसै गरी वर्तमान सन्दर्भमा नेपाली युवाका सम्भावना र अवसरहरु पनि उत्तिकै छन्। लोकतान्त्रिक, संघीय शासन प्रणाली र विकासमा सार्थक सहभागिताको अवसर; कृषि, पर्यटन, जलस्रोत लगायतका प्राकृतिक साधनस्रोतको प्रचुरता ; बैंक, सहकारी, लघुबित्तको बढ्दो सञ्जालबाट आर्थिक साधन स्रोतमा बढ्दो पहुँच; औपचारिक, व्यवसायीक शिक्षाको बढ्दो सञ्जाल सबैलाई शिक्षा कार्यक्रम; लक्षित समूह एवं भौगोलिक क्षेत्र केन्द्रित विभिन्न कार्यक्रमको विस्तार; सचेतना विस्तारमा विकास साझेदारको बढ्दो सञ्जाल; ठूलो संख्यामा रहेको बैदेशिक रोजगारको अवसर र त्यसबाट प्राप्त सीप, अनुभव र साधनस्रोतको उत्पादनशील क्षेत्रमा प्रयोग गर्दै आन्तरिक रोजगारी सिर्जनाको अवसर यसतर्फका अवसर हुन्।

युवा राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका संवाहक भएकाले राष्ट्रिय नीतिबाट विशेषरूपमा सम्बोधन गरी राष्ट्र निर्माणमा अग्रसर गराउनु अहिलेको प्रमुख आवश्यकता रहेको छ । नेपालका हरेक राजनीतिक परिवर्तन, लोकतन्त्रको स्थापना र अन्य सामाजिक आन्दोलनहरूमा युवाको महत्वपूर्ण योगदान रही आएको छ । विक्रम संवत्२०६२÷०६३ को शान्तिपूर्ण जनआन्दोलन, सशस्त्र द्वन्द्व, मधेश, थरूहट, जनजाति र छुवाछूत विरुद्धको मुक्ति आन्दोलनलगायतका आस्था र पहिचानका आन्दोलनहरूबाट युवाको विद्यमान अवस्थालाई विशेष रूपमा सम्बोधन गर्नुपर्ने माग उजागर भएकाले युवासम्बन्धी नीतिको आवश्यकता बढ्न गएको छ ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि युवाले गरेको उल्लेखनीय योगदानको कदर स्वरूप वर्ग, लिङ्ग, जाति, भाषा र धर्म जस्ता विषयहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ भने अर्काेतिर अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्गता भएका र कर्णाली तथा पिछडिएको क्षेत्रमा रहेका युवालाई समेत विशेषरूपमा सम्बोधन गर्नु जरूरी छ । समावेशी, समानुपातिक र समविकासको सिद्धान्त अनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, राष्ट्रिय स्वाधीनता तथा नेपालको सार्वभौमसत्तालाई अक्षुण्ण राख्न, राजनीतिक, आर्थिक, सामाजिक, तथा सांस्कृतिक रूपान्तरणमा युवा नेतृत्वको सम्भावनालाई मूर्तरूप दिन र राज्य सञ्चालनका हरेक प्रक्रियामा युवाको सक्रिय सहभागिता र नेतृत्वदायी भूमिका सुिनश्चित गर्न राज्यले ठोस नीति अवलम्बन गर्नुपर्ने भएको छ ।

नेपालको संविधानमा देशको विकासमा युवा जनशक्तिलाई परिचालन गर्न राज्यले विशेष नीति अवलम्बन गर्ने उल्लेख छ । कुनैपनि देशको संवृद्धि र उन्नती राज्यमा रहेका युवामा आशा, उत्साह, राष्ट्रिय भावना, जिम्मेवारी बोध, सीप विकास र रोजगार तथा स्वरोजगारका उपयुक्त अवसरहरू उपलब्धिसँग जोडिन्छ । युवालाई उद्यमी बन्न प्रेरित गर्दै उनीहरूको विद्यमान आवश्यकता, समस्या एवं चुनौति तथा सवालहरूलाई सर्वाधिक महŒवका साथ सम्बोधन गर्नु आवश्यक छ । पाँचौं पञ्चवर्षीय योजनादेखि नै युवाहरूको भूमिकालाई सम्बोधन गर्ने प्रयास भएतापनि चालु पन्ध्रौँ पञ्चवर्षीय योजनाले युवा उद्यमशिलतामा विशेष जोड दिएको छ । नेपाल सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेटमा राष्ट्रपति युवा महिला उद्यम कार्यक्रम, उपराष्ट्रपति युवा पुनस्र्थापना कार्यक्रम, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, युवा उद्यमका लागि शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने कार्यक्रम, लोपोन्मुख परम्परागत सीप युवा पुस्तामा हस्तान्तरण, प्रवद्र्धन तथा प्रमाणीकरण जस्ता युवा उद्यमशिलतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

अहिले युवाहरू विभिन्न खालका नयाँ प्रविधिको प्रयोग गरिरहेका छन् । प्रविधिको विकासले जीवन पद्धतिमा सहजता आएको छ । इन्टरनेट र सोसल मिडियाको प्रयोगले विश्वलाई एउटा गाउँका रूपमा विकास गरेको छ । इन्टरनेट र सोसल मिडियाको प्रयोगमा संवेदनशीलता नहुँदा व्यक्तिगत र आर्थिक सुरक्षा जस्ता विभिन्न खालका सुरक्षामा चुनौति पनि आएको छ । सामाजिक सञ्जालमा सभ्य र संयमित रूपमा प्रस्तुत नहँुदा एउटा स्टाटसका कारण विभिन्न खालका कानूनी झमेला समेत व्यहोर्नु पर्ने अवस्था आउन सक्दछ । भर्चुअल ठगी बढेको छ । सामाजिक अपराधहरूका लागि उत्प्रेरित पनि भएका उदाहरणहरू छन् । प्रविधि, इन्टरनेट र सोसल मिडियाको सही र सिर्जनशील प्रयोगबाट मात्र युवाहरूले धेरै लाभ लिन सक्दछन् ।

नेपाली युवाका सम्भावना र अवसरहरुमा लोकतान्त्रिक, संघीय शासन प्रणाली र विकासमा सार्थक सहभागिताको अवसर, तुलनात्मक लाभका कृषि, जडिबुटी, पर्यटन, जलस्रोत, वन, जडिबुटी लगायतका प्राकृतिक साधनस्रोतको प्रचुरता, बैंक, सहकारी, लघुबित्तको बढ्दो सञ्जालबाट आर्थिक साधन स्रोतमा बढ्दो पहुँच, गुणस्तरिय र व्यवसायीक शिक्षाको विकासले उद्दमशीलता र सेवा क्षेत्रको विकास भई सृजनाहुने गुणस्तरिय रोजगारी , लक्षित समूह एवं भौगोलिक क्षेत्र केन्द्रित विभिन्न कार्यक्रमको विस्तार र सचेतना विस्तारमा विकास साझेदारको बढ्दो सञ्जाल , जागृत युवा र र राष्ट्रिय युवा परिषद्र संरचनाको स्थापना , ठूलो संख्यामा रहेको बैदेशिक रोजगारीमा रहेको र गैर आवासीय नेपाली युवाबाट प्राप्त सीप, अनुभव र पुजींलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्दै आन्तरिक रोजगारी सिर्जनाको अवसर , विश्वका दुई ठूला छिमेकी अर्थतन्त्रमाझ रहेको नेपालमा बढ्दो बैदेशीक लगानीको सम्भावना प्रमुख रहेका छन् ।

नेपाली युवाका वर्तमान समस्या तथा चुनौतीहरुमा गुणस्तरीय, समय सापेक्ष र रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सिप र प्रविधिको पहुँचबाट टाढा, गन्तव्य विहीनता, बेरोजगारी र अर्ध बेरोजगारी, युवा पलायन, राजनीतिक अस्थिरता , युवाकोकमजोर स्वास्थ्य, पोषण र मनोबल, युवामैत्री लगानी तथा उद्यमको वातावरणको अभाव, लैङ्गिक, क्षेत्रीय, जातीय विभेद र बहिष्करण, प्रमुख रहेका छन् ।

देशको युवा शक्तिलाई कसरी परिचालन गर्ने?

  • युवालाई परिवर्तनका संवाहक र दिगो विकासका उत्प्रेरक शक्तिका रूपमा विकास गर्न राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, लोकतन्त्र र मानव अधिकारका आधारभूत सिद्धान्त एवं मूल्य–मान्यताहरू बोध गराउने ,
  • देशको आर्थिक, सामाजिक तथा शासकीय पद्धतिको रूपान्तरणको प्रक्रियामा युवाको भूमिकालाई उच्च महत्व दिँदै सो प्रक्रियामा युवाको संलग्नता बढाउने,
  • युवाको उमेर समूहको आवश्यकतालाई दृष्टिगत गर्दै शिक्षा आर्जन तथा वृत्तिको अवसरको खोजीमा रहेका युवालाई लक्षित गरी कार्यक्रम गर्ने,
  • युवामा नैतिकता, चारित्रिक गुण तथा अनुशासन विकास गर्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी राज्य र समाजप्रति दायित्वबोध गराउने र श्रमप्रति सम्मान गर्ने संस्कार विकास गर्ने,
  •  समाजमा विद्यमान गरीबी, अशिक्षा, छुवाछुत, कुरीति, लैङ्गिक हिंसा, विभेद र विषमता जस्ता समस्या हटाउन युवा परिचालन गर्ने
  •  निजी तथा गैरसरकारी संस्था एवं स्थानीय निकाय समेतको सहकार्यमा युवालाई सामाजिक परिवर्तनका वाहक शक्तिका रूपमा विकास गर्ने,
  • मुलुकका विभिन्न क्षेत्रमा विशेष योगदान गरेका युवा प्रतिभालाई राज्यका तर्पmबाट सम्मान गर्ने
  • युवामा अन्तर्निहित प्रतिभा प्रस्फुटन, सिप र क्षमता विकास गर्न राज्यले व्यापक लगानी गर्ने,
  •  युवामा उद्यमशीलता विकास गर्न विशेष कार्यक्रमहरू सञ्चालन गर्ने,
  • विभिन्न क्षेत्रका प्रतिभावान् युवालाई देशभित्रै वृत्तिविकासका अवसरहरू सिर्जना गरी प्रतिभा पलायन हुनबाट जोगाउने वातावरण सिर्जना गर्ने
  • खेलकुदलाई व्यावसायीकरण, वैज्ञानिकीकरण र सामाजिकीकरण गर्दै यसलाई विकासको अभिन्न अङ्गका रूपमा लिई उचित साधनस्रोत परिचालनबाट युवालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउने,
  • राज्यका विभिन्न निकायबाट युवाका लागि सञ्चालन गरिने कार्यक्रमहरूलाई समन्वय गर्ने एकीकृत प्रणाली विकास गर्ने,
  • युवाको स्वास्थ्य सेवामाथिको पहुँच अभिवृद्धि गरी स्वास्थ्य चेतना प्रवद्र्धन गर्ने कार्यक्रमहरूलाई प्रोत्साहन गर्ने ।
  • राज्यका नीति निर्माणमा अर्थपूर्ण योगदान पु¥याउन युवालाई आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक सशक्तीकरणका माध्यमबाट प्रोत्साहन
  • विश्वशान्ति, सौहार्द्रता, भाइचारा एवं विश्व अन्तरसम्बन्धबारे युवालाई जागरूक गराउने,
  • युवालाई समाजका कर्मठ, क्रियाशील, नवीनताको पक्षधर र रचनात्मक शक्तिमा परिणत गर्न समाजप्रति जवाफदेही र उत्तरदायित्व वहन गर्ने एवं लोकतान्त्रिक प्रणालीप्रति प्रतिवद्ध रहन सक्ने बनाउन विशेष कार्यक्रमहरू सञ्चालन गर्ने,
  • मुलुकको भौगोलिक, सामाजिक तथा आर्थिक अवस्थाबारे जानकारी दिलाउँदै राष्ट्रिय विकासमा युवालाई स्वयंसेवकका रूपमा सहभागी गराउने कार्यक्रमलाई प्राथमिकता दिने,

गुणस्तरीय शिक्षा, तालिम, अध्ययन र अनुसन्धानका अवसरहरू सिर्जना गर्ने

  • साहित्य, कला, संस्कृति, सङ्गीत, अभिनय र खेलकुद जस्ता सिर्जनशील क्षेत्रमा युवाको संलग्नतालाई प्रोत्साहन गर्ने,

युवा भनेको देशको अनमोल, अनन्त शक्ति हो। देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो। युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता हो।देशको समग्र विकास र रूपान्तरण गर्नको लागि युवा वर्गको महत्वपूर्ण भूमिका रहन्छ । युवालाई शासन प्रक्रियामा समाहित गर्दै उनीहरूको लागि र उनीहरू मार्फत विकास तथा शासन प्रक्रिया सञ्चालन गर्दा त्यसले समग्र देश विकासमा सकारात्मक प्रभाव पार्दछ । पन्ध्राँै पञ्चवर्षीय योजनाले लिएको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई सफल बनाउन युवाको अधिकार र सहभागितालाई सुनिश्चित हुने गरी स्थानीय तहको नीति योजना, कार्यक्रम, लगायतमा युवाका सवाललाई मूलप्रवाहीकरण गर्नुपर्ने आजको प्रमुख आवश्यकता हो ।

 

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख हुन् ।)

civil hospital
Hams Hospitals