संयुक्त ट्रेड युनियनको संयुक्त धारणा पेश गर्नेगरी कार्यदल गठन

4.5K
shares
Shine resunga department bank

 

काठमाडौं। आज काठमाडौंमा सम्पन्न राष्ट्रिय स्तरका संयुक्त ट्रेड युनियनहरूको सञ्जालको बैठकबाट राज्य व्यवस्था तथा शुशासन समितिमा संघिय निजामती सेवा विधेयक २०८० सम्बन्धमा निजामती,संसद, स्वास्थ्य प्रदेश तथा स्थानीय सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीसँग सरोकारीत विषयमा आवश्यक छलफल र सुझाव सङ्कलन गरी संयुक्त ट्रेड युनियन संञ्लाल मार्फत नेपाल सरकार तथा सम्बन्धित निकायमा संयुक्त धारणा पेश गर्नेगरी कार्यदल गठन भए पश्चात, गठित कार्यदलले निरन्तर रूपमा आफ्नो काम गरिरहेको छ ।

कार्यदल

 

१) राय सुझावहरु संकलन  

 

राष्ट्रिय स्तरका ट्रेड युनियन सञ्जाल मार्फत केहि समय पहिला नेपाल सरकारलाई सम्युत्त रूपमा बुझाइएको ८५ बुँदालाई सङ्क्षेपिकरण गर्दै विभिन्न दवाव समुहहरूका जायज मागहरूलाई समेत समेट्दै समष्टिगतरूपमा जल्दावल्दा समस्यामा केन्द्रीत भई सबै समस्याको निकासको प्रयास भइरहेको छ ।

 

अहिलसम्म तयार भएको बिषयहरु सहितको सुझाव पत्रमा परिभाषा देखि सुशासन सम्बन्धी २६ वटा बुँदाहरु तयार गरेको छ । यी बुँदाहरुमा केहि थपघट गर्नुपर्ने भए वा आफुलाई लागेका थप विषयवस्तु भएमा कार्यदलमा प्रतिनिधित्व गर्ने सदस्यहरुलाई म्यासेन्जर/What’s App तथा इमेल मार्फत राय सल्लाह तथा सुझावहरू माग गरेको छ ।

सूझावपत्रको प्रारम्भिक स्वरुप

२) अन्तिम स्वरुप तयार गरी पेश गर्ने 

प्राप्त सुझावहरूलाई समेटेर मिति २०८१ चैत्र ४ गते अर्थात आज साझ काठमाडौंमा बस्ने कार्यदलले ट्रेडयुनियन सञ्जालका तर्फबाट संयुक्त रूपमा पेश गर्ने मागहरूलाई अन्तिम रुप प्रदान गरी सम्बन्धित निकायमा पेश गर्नेगरी तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।

 

३) सचिवज्यूको ध्यानाकर्षण

संघीय निजामती सेवा विधेयकको छलफलका क्रममा अहिलेको जल्दो बल्दो दुई विषयहरु एक १९/१९ बर्ष एकै पदमा बसेका नायब सुब्बा वा सो सरहका कर्मचारीहरु वृत्तिविकासको विषय र अर्को अतिरिक्त सचिव पदका विषयमा सामान्य प्रशासन मन्त्रालय सकारात्मक नभएको भन्ने कुराको हल्लाले शनिवार आयोजना भएका बनभोज कार्यक्रममा व्यापक चर्चा बटुल्यो । यो विषयमा धेरै भन्दा धेरै साथीहरुको ध्यानाकर्षण भएको सन्दभर्मा आइतबार दिउसो सामान्य प्रशासन मन्त्रालयका सचिवलाई विषयबस्तुको बारेमा जस्ताको त्यस्तै राख्न कर्मचारीका नेताहरु उत्तम कटुवाल, यज्ञ वली, इन्दु शर्मा (कार्यदल सदस्य), गणेश भण्डारी (कार्यदल सदस्य), भुपेन्द्र अधिकारी, प्रकाश खाती, मोहन डिसी, विशाल बोहरा लगायतको समुहले सचिवको कार्यकक्षमा छलफल गर्दा सचिवले कर्मचारीहरुको वृत्तिविकासको सन्दर्भमा आफु एकदमै सकारात्मक रहेको र हल्लाका पछाडी नलाग्न भन्दै कर्मचारीको वृत्तिविकासका सन्दर्भमा तहवृद्धि गरेर हुन्छ वा पद थपेर हुन्छ जसरी भए पनि वृत्तिविकास प्रति मन्त्रालय सकारात्मक रहेको जानकारी दिएको बुझिएको छ ।

 

४) नासु वा सो सरहका कर्मचारीहरुको वृत्तिविकासको पिडा 

२०६४ सालबाट अधिकृत तहमा पदपूर्तिमा आन्तरिक प्रतियोगिताको व्यवस्था हटाइ खुला र बढुवाबाट मात्र पदपूर्ति गर्दै आएको । आन्तरिक प्रयोगिता नभएको तथा बढुवा पनि ३० प्रतिशत मात्र हुँदा राजपत्र अनङ्कित प्रथम श्रेणीका पदमा कार्यरत कर्मचारीहरुको वृत्ति शृङ्खला जाम भएको विद्यमान अवस्थामा २०।२० वर्ष सम्म पनि एउटै पदमा काम गरिरहँदा कर्मचारीमा कार्य सम्पादनमा उत्प्रेरण नभएको व्यहोरा सचिवलाई अवगत गराए । यसको पद।

 

टेबलको डाटालाई स्मरण गराउदै नायब सुब्बा वा सो सरहबाट शाअ वा सो सरहको पदमा बढुवामा विद्यमान अवस्थालाई सुधार्न बढुवामा कम्तिमा पनि ४०% प्रतिशत निर्धारण गरी बढुवा माध्यमबाट माथिल्लो तहमा जाने र १० वर्ष सेवा अवधि पुरा गरेको कर्मचारीलाई दुई तह वृद्धिको व्यवस्था मार्फत समस्या समाधानका लागि समेत आग्रह गरेका छन् ।

Sharestha treating