अतिरिक्तमा रहेका १३ कर्मचारी योजना आयोगको कक्षमा पुगे
वि.सं.२०८२ कात्तिक १२ बुधवार
1.7K
shares
shares
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त सेवामा बसेर तलव पचाईरहेका १३ कर्मचारी राष्टिय योजना आयोग पुगेका छन् ।
आयोगले पत्र लेखेर कर्मचारी मागेपछि उनीहरु त्यहाँ पठाइएका हुन् । आयोगमा सचिव गोकर्णमणि दुवाडी छन् । काम गर्न मन पराउने दुवाडी कर्मचारी अभावमा समस्यामा थिए । आयोगले कर्मचारी मागेपछि अधिकृत र उपसचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्णय गरेर उनीहरुलाई पठाएको बताएको छ ।
































