नेप्सेले अनलाइन ट्रेडिङ सिस्टमको सपोर्ट र मेन्टेनेन्सका लागि पुनः ठेक्का आह्वान

1.8K
shares

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हाल सञ्चालनमा रहेको नेप्से अनलाइन ट्रेडिङ सिस्टम (NOTS) को सपोर्ट र मेन्टेनेन्सका लागि पुनः ठेक्का आह्वान गरेको छ।

यसअघि अगस्त १ मा आह्वान गरिएको ठेक्का रद्द भएपछि नेप्सेले आज पुनः नयाँ ठेक्का प्रक्रिया सुरु गरेको हो।नेप्सेले परामर्श सेवा अन्तर्गत अनलाइन ट्रेडिङ सिस्टमको Support र Maintenance को लागि योग्य तथा इच्छुक कम्पनीहरूबाट आशयपत्र (Expression of Interest–EOI) माग गरेको छ।

नेप्सेका अनुसार इच्छुक कम्पनीहरूले नोभेम्बर १४ तारिख (कार्तिक २८ गते) को दिउँसो १२ बजेसम्ममा आशयपत्र पेश गर्नुपर्नेछ।कम्पनीको मुख्य विशेषज्ञको योग्यता, कम्पनीको अनुभव र क्षमताका आधारमा मूल्यांकन हुने बताइएको छ।


मूल्यांकनका लागि नेप्सेले निम्न अंकभार (Weightage) निर्धारण गरेको छः

  • मुख्य एक्स्पर्टको योग्यता — ४० प्रतिशत

  • कम्पनीको अनुभव — ५० प्रतिशत

  • कम्पनीको क्षमता — १० प्रतिशत

छनोटमा सहभागी कम्पनीले कम्तीमा ६० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरिएको छ।

छनौट भएका कम्पनीमध्येबाट उत्कृष्ट ६ कम्पनीहरूलाई नेप्सेले प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्न अनुरोध गर्नेछ।तीमध्ये मूल्यांकनका आधारमा नेप्सेले एउटा कम्पनीलाई अनलाइन ट्रेडिङ सिस्टमको सपोर्ट र मेन्टेनेन्सको जिम्मेवारी दिनेछ।नेप्सेले यस प्रक्रिया पारदर्शी, प्रतिस्पर्धी र दक्ष कम्पनी छनोटका लागि अगाडि बढाएको जनाएको छ।

सिईओमाथि कार्यालयको छाप दुरुपयोग, नक्कली चलानी किताब खडा गर्ने र अनाधिकृत शेयर बिक्रीको आरोप

civil hospital
Hams Hospitals