सुब्बाको टोलीले मन्त्रालयमा ध्यानाकर्षण गरायो कर्मचारीका समस्या

3.3K
shares
national life insurances
Nabil bank

काठमाडौँ ।राजपत्र अनङ्कित अप्राविधिक समूहअन्तर्गतका नायब सुब्बा, खरिदार तथा कम्प्युटर अपरेटरका विषयमा बढ्दो असन्तुष्टिसँगै सुब्बाहरुको टोली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ध्यानाकर्षण गराउन पुगेको छ ।

 

पशुपति पोखरेल, गणेश पौडेल, मीनबहादुर बिक, युवराज कटुवाल, धर्मराज, नरबहादुर थापा लगायतको नेतृत्वमा गएको टोलीले मन्त्रालयका सचिव तथा कर्मचारी प्रशासन महाशाखाका सहसचिव पार्वती शर्मासमक्ष आफ्नो माग प्रस्तुत गरेको हो।

 

टोलिले राजपत्र अनङ्कित अप्राविधिक समूहका कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयबाट नै सिधै कार्यालयहरूमा खटाउने व्यवस्था गर्न, पछिल्लो समय दल–सम्बद्ध कर्मचारी ट्रेड युनियनले प्रभाव जमाउँदै सरुवा प्रक्रियामा हस्तक्षेप गरेको हुँदा त्यस्ता संघीयवादी कर्मचारीलाई पहिल्यै सरुवा गर्न, साथै मन्त्रालयमै वर्षौँदेखि जमिरहेका रैथाने सुब्बालाई तत्काल हटाउन माग गरेको छ ।

 

उनीहरूले राखिएको माग पूरा नभए आन्दोलनमा जाने चेतावनी समेत दिएका छन्।यसअघि पनि मन्त्रालयभित्रै सरुवा–बदली र कर्मचारी व्यवस्थापनका विषयमा विभिन्न समूहबीच विवाद चर्किँदा केही दिन तनावपूर्ण वातावरण सिर्जना भएको थियो।

 

मन्त्रालयले भने पेश गरिएका मागहरू अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने बताइएको छ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited