ज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठको राजीनामा
वि.सं.२०८२ मंसिर २० शनिवार
shares
काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टी पदबाट राजीनामा दिएको घोषणा गरेकी छन्। हेटौँडा क्षेत्रमा सडक विस्तारका नाममा घरधनीहरूलाई उचित मुआब्जा नदिई बत्ती काटेर संरचना भत्काएको आरोप लगाउँदै उनले पद त्यागेकी हुन्।
श्रेष्ठका अनुसार नियम विपरीत र दमनकारी तरिकाले डोजर चलाइएको तथा स्थानीयलाई न्याय नदिएको घटनाले नैतिक रूपमा आफू पदमा बस्न नसक्ने अवस्था आएको हो।
फेसबुकमा स्टाटस लेख्दै उनले भनिन्, “म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु। मेरो नैतिकताले दिएन। म हेटौंडा पीडितको साथ छु।”
राजीनामापछि पनि श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा प्रकट गरिरहेकी छन्।
उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको राजीनामा माग गर्दै सरकारलाई एडीबी (ADB) र एमसीसी (MCC)ले चलाएको आरोप समेत लगाएकी छन्।
श्रेष्ठको राजीनामाले हेटौँडा सडक विस्तार प्रक्रिया, मुआब्जा व्यवस्था र स्थानीय पीडितका गुनासा फेरि चर्चामा आएको छ।
































